Logo

‘नेपाल आईडल’मा गलाको जादु देखाए मिन राज ले(भिडियो सहित)



काठमाडौँ, १ भदौ । ‘नेपाल आइडल’ प्रथम संस्करणको अपार सफलतापछि यसको दोश्रो संस्करणका कार्यक्रमहरु एपिवान टेलीभिजनबाट बिहिबार र सुक्रबार गरेर हप्तामा दुई दिन प्रसारण भइरहेको छ । हिजो बिहीवार मात्र प्रसारित एपिसोडमा हेटौँडा अडिसन सम्पन्न भएको छ जसमा थुप्रै प्रतिस्पर्धिहरु अडिसन दिनकालागि उत्साहित रुपमा आएका थिए ।

तिनै प्रतिस्पर्धीको लाईनमा चितवन रत्ननगर घर भएका र पेशाले शिक्षक रहेका मिनराज पौडेल नेपाल आइडल सिजन–२ को अडिसन दिनकालागि गितार बोकेर मकवानपुरको हेटौँडा पुगेका थिए ।

भिडियो हेर्न तलको लिङ्कमा जानुहोस

https://www.youtube.com/watch?v=3zdtaykySaA

अडिसनमा जब २५ वर्षी मिनराजले गितारको धुनसँगै आफ्नो स्वरमा ‘गाइने दाइले‘’गुनगुनाउन थाले तब अगाडि बसेका तीनै जना निर्णायकलाई मन्त्रमुग्ध बनाउन सफर भएका छन ।स्वरको जादु छरेका उनले एकपछि अर्को गीत गाउँदै उनले निर्णायकलाई पनि उठाएर आफुप्रति साहानुभुति सहित हौसला बढाउन वाध्य पारिदिए ।

नेपाल आइडलका दुवै सिजनका अडिसनबाट अघिल्लो चरणमा जाने अरु प्रतिस्पर्धीले गोल्डेन टिकट मात्रै पाउने गरेका थिए । तर उनले भने गोल्डेन माइक पाउँदै सिधै गाला राउन्डमा प्रवेश गरेर देखाई दिएका छन । नेपाल आइडलमा दुवै सिजनका अडिसन राउन्डबाट सीधै गाला राउन्डमा प्रवेश पाउने उनी पहिलो प्रतिस्पर्धी हुन् । सानैदेखि संगीतका पारखी बाबुका छोरा उनले नेपाल आइडलको अडिसनबाटै नयाँ रेकर्ड पनि बनाउन सफल उनि एक मात्र प्रतिस्पर्धी रहेका छन।



प्रतिक्रिया दिनुहोस्