Logo

मिना ढकालको स्वतन्त्र चरा जिवन



काठमाडौँ।२ भदौ । श्रीमान मनोज गजुरेलसंगको सम्बन्ध विच्छेद पछी मिना ढकालले आफ्नो जिवन एक पाङ्ग्रामा चल्न बानी परिसकेको बताएकी छिन । डिर्भोस पछाडी चर्चामा आएकी मिना ढकाल अहिले आफ्नै लगानीमा बुटिकको व्यावसाय गरेर बसेकी छिन् ।श्रीमानसंगको सम्बन्घले आफुलाई गृहेणीमा मात्र सिमीत राखेकाले अबको जिवन स्वत्रन्त्र रहेको उनले बताइकी छन ।

२२ वर्ष सम्म आफु पिंजडाको सुगा जस्तो भएर बस्नु परेको हुँदा अहिले आफु खुल्ला आकाशमा चरा जस्तै गरि उड्न पाउदा आफु एकदमै खुसी भएको अनुभुति उनको रहेको पाईन्छ । आफ्नो जिवनको अमुल्य निर्णए गर्न रहेको बताउने मिना अबको बाँकी जिवन श्रीमानको साथमा नलैजानेकुराको खुलासा गरेकी छन ।

श्रीमानसंगको जिवनको बारेमा सोच्दापनि जिन्दगी बेकार भएछ झै लाग्छ रे आजभोली उनलाई । एक छोरीको साथमा रहेकी मिनाले आफुलाई नजर बन्दमा जसतै राख्न खोजेको आरोप उनले मनोज गजुरेलमाथी लगाएकी छन ।आफलाई जस्तै आफ्नी छोरीको भविश्यपनि मनोजले नबिगारिदिउन भनेर नै उनले छोरालाई उनकै साथमा छोडेपनि छारीलाई चाँहि आफ्नै साथमा राखेको जानकारी गराएकी छन ।

छोरीको भविश्यको बारेमा के सोच छ भनेर प्रश्न राख्दा उनले छोरीले बन्न चाहेको कुरामा आफुले निर्णय गरेर उनलाई सहयोग गर्ने कुरा उनले बताइकी छन ।मनोजको साथमा आफुुले गित संगितलाई समय दिन नपाएका कारण अब आफुलाई कसैले चाहेरपनि रोक्न नसक्ने दाबीपनि उनले गरेकी छन ।



प्रतिक्रिया दिनुहोस्