Logo

दिपिका र रणवीरको बिवाहमा ‘नो क्यामेरा ’



काठमाडौँ, २ भदौ । बलिउडमा नाम कमाउन सफल जोडि दीपिका पादुकोण र रणवीर सिंहले आगामी नोभेम्बर २० तारिखमा इटालीको ‘लेक कोमो’मा विवाह बन्धन बाँधिने कुरा सार्वजनिक गरिएको छ ।

नितान्त ब्यक्तिगत पाहुना तथा साथिभाईलाई मात्र आमन्त्रण रहेको बिहेमा सैञ्चारकर्मीहरुलाई भने प्रवेश नरहेको कुरापनि स्रोतले जानकारी गराएको छ। करिब ३० जनालाई मात्र आमन्त्रण रहेको यो बिहेमा सहभागी हुने पाहुनाहरुलाई पनि मोबाइल तथा क्यामरा बोक्न नदिइने जनाइएको छ ।

आफ्नै एकाउन्टबाट मात्रै फोटो सार्वजनिक गर्न चाहन्छन् ।’‘रणवीर र दीपिकाले बिहेको तस्वीर अरु आफन्तले सामाजिक सञ्जालमा हाल्न नपाउन भनेर यो उपाय अपनाउनु परेको जनाईएको छ ।

यसअघि बिराट कोहली र अनुश्का शर्मा तथा सोनम कपुर र आनन्द आहुजाको बिहेको तस्वीरहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति बनेका थिए । आफूहरुको पनि यस्तै होस भन्ने रणवीर र दीपिकाले चाहेका छैनन् । तर, बिहेमा आएका पाहुनालाई मोबाइल बोक्नै नदिने उनीहरुको रणनीति सफल होला भन्ने चाहिँ बिहेपछिमात्र जानकारी हुनेछ ।

पहिला केहि सामाचारहरुमा बेलगुरुमा बिवाह समारोहको तयारी रहेको जनाइएपनि अन्तमा आएर इटलीमा दुबै पक्षको सहमती भएको थियो । यतिबेला दुवै पक्षको परिवार विवाहको तयारीमा जुटिसकेका छन् । इटलीमा बिहे गरेपछि मुम्बईमा फर्केर ग्रान्ड पार्टी दिने यो जोडीको तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्