काठमाडौ, २ भदौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बिजिले कलाकारहरु अनुसासित बनेर कला क्षेत्रको संरक्षणमा लाग्न आग्रह गरेका छन । ललितपुर समन्वय समितिको पाचौं वार्षिक साधारणसभाका प्रमुख अतिथि समेत रहेका सर्जक बिजिले कला क्षेत्र समाजको अनुसाशित पक्ष भएको भन्दै यस्तो आग्रह गरेका हुन ।
उनले भने,‘कलाकारले आफ्नो परिचय अफैसङ्ग खोज्नुपर्छ, अर्कासङ्ग तुलना गरेर होइन, आफुसङ्ग तुलना गर्न सक्नुपर्छ, आफ्नो परिचय आफैभित्र खोज्नुपर्छ, आफ्नो परिचय आफैभित्र लुकेको हुन्छ, त्यसलाई पत्ता लगाउनु पर्छ, मैले गीत संगीतको लागि जे गरे त्यो उल्लेख्य नहोला तर म यहि देशमा बसेर यहि लोक तथा दोहोरी संकृतिलाई माया गरेर मर्नमन छ।’
स्व।झलकमन गन्दर्भलाई स्मरण गर्दै सर्जक बिजिले भने,‘ स्व।गन्दर्भले कलाको नाममा चर्चिकला गर्नु भएन, उहाँले कलाक्षेत्रमा ठूलो योगदान दिनुभयो, उहाँ यस क्षेत्रको लागि अमर भएर मर्नुभयो, आजका कलाकारहरुले पनि उहाँको त्यो पाटोलाई सम्मान गर्नुपर्छ, सिक्नुपर्छ, मरेपछी फलानो ब्यक्तिको निधन भयो भनिन्छ नि त्यो भनेको मानिससङ्ग अब केही रहेन भनेको हो ।’
उनले अघि थपे,‘पछिल्लो समयमा लोक तथा दोहोरी गीतको सकारात्मक आकार लिदैछ, कलाकारको बारेमा सरकार पनि गम्भीर बनेको छ, त्यस्तै लोक तथा दोहोरी प्रतिष्ठानले कलाकारको अभिलेख राख्ने सोच बनाएको छ, त्यसको उपभोग गर्न आग्रह गर्दछु।’
कलाकारले सिंहदरवार भित्र छिर्नको लागि नागरिकता गेट्मा बझाउनु पर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड्दिदै बिजिले भने, ‘हामीले काम गरौ, पैसा मात्रै नभनौं, कला क्षेत्रको मर्म र भावनालाई बचाई राख्न प्रयत्न गरौं, राज्यलाई भनौ हामी मुलुकका गहना मात्रै होईनौं बरु वर्तमन समयका साझेदार पनि हौं, मेरो अर्को आग्रह भनेको हामी कलाकारहरुले दोस्रो जीवन बनाउने काम गर्नुपर्छ, त्यो भनेको राम्रा सिर्जना गर्नु हो, राम्रो सोच्नु हो, मेरेपछि पनि समाज र नयाँ पुस्ताले सम्झिन लायक ईतिहास बनाएर छोडौं।’
त्यस्तै लतितपुरको बालकुमारी स्थित न्यु ईन्द्रावती रोधी घरमा सम्पन्न कार्यक्रममा पत्रकार राजु बोहराले नेपाली लोक सस्कृतिको उत्थानका लागि सञ्चार क्षेत्रको महोत्वपुर्ण साथ रहने बताए । उनले भने,’सरकारले रोयल्टीको व्यवस्थापन गरेको छ, अब रेडियो, टेलिभिजन र अन्य सञ्चार माध्यममा बजेका गीतहरूले आफ्नो मूल्य पाउनेछन ।
समितिका सचीव सुजन बराईलीले साङ्गठनिक प्रतिवेदन २०७५, र आर्थिक प्रतिवेदन कोषाध्यक्ष तोलाचन्द ठकुरीले प्रस्तुत गरेकी थिईन । कार्यक्रममा, प्रतिष्ठानका केन्द्रिय सदस्य ईस्वरी भुषाल, सर्जक सुजन लम्साल, उपत्यका समन्वय समिति ललितपुरका उपाध्यक्ष उत्तम सुवेदी लगायतले आफ्ना कुराहरू राखेका थिए ।