Logo

साँस्कृतिक पहिचान र एकिकृत पर्यटनको लागि ‘सम्पदा गाउँ’ अभियान



काठमाडौं, ३ भदौ । मौलिक संरचना, साँस्कृतिक पहिचान एकीकृत पर्यटन, सामाजिक समृद्धिको अभियान भन्ने मुल नाराकासाथ अघि बढीरहेको नुवकोट जिल्ला बिदुर नगरपालिका वडा न २ मा पर्ने ‘सम्पदा गाउँ’ नामक स्रंस्थाको तेस्रो साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले पुनःपुष्कर शर्मा रिमालको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ ।

संस्थाको उपाध्यक्षमा रामलाल डङ्गोल, सचीव र्इश्वरमान श्रेष्ठ, सहसचिब रामहरी आचार्य, कोषाध्यक्षमा रामराजा श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यमा ध्रुब बहादुर थापा मगर, महेन्द्रलाल श्रेष्ठ, रमेश बिश्वकर्मा, भोज बहादुर ओझा, शर्मिला श्रेष्ठ , अप्सरा खतिवडा र सनम परियार चयन भएका छन ।

सस्थाका अध्यक्ष पुष्कर शर्मा रिमालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि माननीय सांसद नारायण खतिवडाले महा बिपत्तिलाई अवसरमा परिणत गर्नु एउटा चुनौती रहेको बताउनु भयो । नुवाकोटको बिकासका लागि मिल्नु पर्ने बताए ।उहाले सम्पदा गाउ निर्माण अभियान राष्ट्रिय मात्र नभई अन्तर्राष्टिय अभियान भएको बताए । अन्तर्राष्ट्रिय स्तरको ध्यान तान्न सफल रहेको बताए ।

अतिथिहरु राधाकृष्ण महिला समुहका शर्मिला श्रेष्ठले आफ्नो पहिचान खोज्ने र आफू जन्मेको स्थान स्वर्ग भन्दा पनि प्यारो हुने र हामीमा रहेको पहिचान हरु परम्पराहरुलाइ सम्हाल्नु पर्ने बताउनु भयो । सम्पदाका निर्णय अनुसार मापदण्ड भित्र पर्छ कि पर्दैन यस विषयमा पछि परेको समेत बताउनु भयो ।

जेष्ठ नागरिक संघका अध्यक्ष यज्ञराज केशि लगायतले सम्पदा बस्ती बिकास गर्न सके पर्यटन बिकास हुने बताउनु भयो दरवार हेरचाह का प्रमुख अर्जुन फुयाल, सम्पदा गाउँका अभियन्ता सुमन पाण्डे ले आफ्नो लामो अनुभवले हरेक बिपत्तिले अवसरको सृजना गर्ने गरेको बताए ।

बिदुर २ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाही, बिदुर नगरपालिकाका उपप्रमुख गिता दाहाल देश कै नमुना बन्ने । नगर प्रमुख सञ्जु पण्डित यो अभियानले स्थानीय स्तरको सम्पदाहरुको संरक्षण गर्न लागिएको र यो आफ्नो जिम्मेवारि पनि रहेको बताउनु भयो ।

धार्मिक ऎतिहासिक स्तर जति भए पनि स्थानीय स्तरबाट पुनर्निर्माणमा अघि बढन नसकेको समेत बताउनु भयो । यस्ता क्षेत्रहरुको जिवन्त जिबित राख्न एकजुट भएर लाग्नु पर्ने बताएका थिए ।

पुष्कर शर्मा रिमालले २०७२ साल को भुकम्प पश्चात् नुवाकोट दरवार क्षेत्रका बस्ती हटाउन धेरै पहल भएको बताउनु हुँदै नुवाकोटका स्थानीय बुद्धिजीवीहरु मिलेर यस स्थानमा सम्पदा बस्तीमा परिणत गर्नु पर्छ भनेर सस्थाको स्थापना गरिएको समेत बताए ।

मौलिक बस्ती बिकास गर्न सके आगामी दिन नेपालको पहिचानको रुपमा रहने र आर्थिक , सामाजिक ऎतिहासिकको दिगो बिकासमा टेवा पुग्ने बताए ।

कार्यक्रममा सस्ताको आय बुअय सस्थाको कोषाध्यक्ष रामराजा श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । नुवाकोट दरवार क्षेत्रमा ४२० घर धुरी सम्पदा बस्तीको लागि राज्यलेनै सुचिकृत भैसकेको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्