काठमाडौं, ३ भदौ ।नेपाल टेलिकमकी पूर्वप्रबन्ध निर्देशक कामिनी राजभण्डारीको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदै छ।
सरकारले आफूलाई हटाउने गरी गरेको निर्णय बदर गर्न माग गर्दै उनी भदौ १ गते रिट लिएर सर्वोच्च अदालत गएकी थिइन्। उनको रिट न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासमा सबैभन्दा पछिल्लो क्रममा परेको छ।