काठमाडौं, ३ भदौ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज आउन केही समय बाँकि छ । पछिल्ला वर्षहरुमा यो तीजले नेपाली नारीहरुलाई मात्रै होईन, पुरुषलाई पनि उक्ति कै लागेको पाईन्छ ।
खोटाङ जिल्लामा जन्मिएकी गायिका आशा लामाको तीज कोशेली ‘छमछम’ बोलको तीजगीत बजारमा आएको छ । आशा लामाले २०५६ सालदेखि कलाकारीता क्षेत्रमा होमिएकी हुन । उनले पहिलो गीति एल्बम ‘हिलेबाट भोजपुर जाने दाइ’ २०५९ साल बजारमा आएको थियो ।
२०६१ सालमा रेडियो नेपालले लिएको स्वर परिक्षामा पास हुन सफल भएकी गायिका आशा लामाले हालसम्म तीन दर्जन गीतमा आवाज दिएकी छन् । हालै मात्रै बजारमा आएको तीजगीतमा उनको स्वर तथा अभिनय रहेको छ ।
डिजे नानी, आँचल, दामोदर सापकोटाले आशालाई अभिनयमा साथ दिएकी छन् । गायिका आशा लामाले २०७१ सालपछि यो वर्षमात्रै तीजगीत ल्याएर आएको बताएकी छन ।
‘छमछम‘ बोलको गीतका शब्द रचनाकार देवदत्त भट्ट हुन । त्यस्तै ‘छमछम’ बोलको गीतलाई सुमधुर संगीत दिने संगीतकार सप्रेम हुन । विजय राजको निर्देशन रहेको छ भने गीतका दृश्यहरु ज्ञान कुमार कट्टेल र सन्तोष पोखरेलले क्यामेरामा कैद गरेका हुन ।