काठमाडौँ, ३ भदौ । शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ ।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४।०३ बिन्दुले ओरालो लागेर एक हजार १९६।२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २।८५ बिन्दुले ओरालो लागेर २५२।५३ बिन्दुमा पुगेको छ । आज कूल १६० कम्पनीको १५ लाख ६४ हजार ६९२ कित्ता शेयर रु ३२ करोड ५२ लाख ३४ हजार ७११ मूल्यमा खरिद बिक्री भएको छ ।
कारोबार रकम बढे पनि बजार ओरालो लागेको हो । गत साता कारोबार रकम र नेप्सेमा समेत बढेको थियो । आज सबै उपसमूहको शेयरमा गिरावट आएको छ । स्टकका अनुसार बैंकिङ ११।९२, होटल २३।०५, विकास बैंक २०।८२, जलविद्युत् ११।३, फाइनान्स ५।४८, निर्जीवन बीमा १०३।२६, उत्पादन १८।३३, अन्य ५।७१, माइक्रोफाइनान्स २३।४३ र जीवन बीमा ६४।८६ बिन्दुले घटेको छ । नागबेली लघुवित्त विकास बैंक, आइसिएफसि फाइनान्स लिमिटेडका लगानीकर्ताले पाँच प्रतिशत गुमाएका छन् ।रासस