Logo

आशन्न बिम्स्टेक सम्मेलनपछि ७ देशको संयुक्त सैन्य अभ्यास हुने !



काठमाडौं, ४ भदौ । दक्षिण र दक्षिणपूर्वी एसियाली मुलुकहरू सदस्य रहेको संगठन बिम्स्टेकमा आबद्ध मुलुकहरूले पहिलो पटक भारतमा संयुक्त सैन्य अभ्यास गर्ने तय भएको अधिकारीहरूले जनाएका छन्।

भदौ दोस्रो साता काठमाण्डूमा हुने बिम्स्टेक शिखर सम्मेलन लगत्तै गरिने उक्त अभ्यास आतंकवाद नियन्त्रण, विपद् व्यवस्थापन र बहुराष्ट्रिय संगठित अपराध नियन्त्रणको निम्ति आपसी सहकार्यमा केन्द्रित हुने बताइएको छ।

तर, विश्लेषकहरू पाकिस्तान सदस्य नरहेको उक्त संगठनलाई प्रयोग गरेर भारतले आणविक अस्त्रसम्पन्न उसका छिमेकीहरू पाकिस्तान र चीनलाई रणनीतिक सन्देश दिन खोजेको बताउँछन् । आतंकवाद नियन्त्रणका लागि सुरक्षा संयन्त्र मिलेर काम गर्ने सहमति यसअघि पनि हुने गरेका थिए ।

बेलाबखत द्विपक्षिय सैन्य अभ्यास पनि हुने गरेकै छन् । तर, अधिकारीहरूका अनुसार दक्षिण एसियाली क्षेत्रमा कुनै पनि एउटा क्षेत्रीय संगठनको छातामा हुन लागेको संयुक्त सैन्य अभ्यास भने यो नै पहिलो हुनेछ।

हाम्राजस्ता देशहरू यस्ता समूहमा संलग्न हुँदा दुइटा देशबीचको द्वन्द्व र विशेषगरी आतंकवादको मूल्यमा च्यापिने सम्भावना रहन्छ।

यही भदौ २५ देखि ३१ गतेसम्म भारतको महाराष्ट्रस्थित पूणेमा हुने अभ्यासमा नेपालसहित भारत, भूटान, बांग्लादेश, श्रीलंका, थाइल्यान्ड र म्यान्मारको सहभागिता हुनेछ।

त्यसैको तयारीका सिलसिलामा करिब दुई साताअघि भारतीय सेनाको मुख्यालयमा बिम्स्टेक सदस्यमुलुकका भारतस्थित दूतावासमा कार्यरत सैन्य सहचारीहरूको एउटा भेला समेत आयोजना भइसकेको बताइन्छ । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले नेपालको सहभागिताबारे भने, तीसजनाले भाग लिनुहुन्छ, यसमा पाँचजना अधिकृत हुनुहुन्छ र अरू २५ जना अन्य हुनुहुन्छ।

चेपुवा

भारत र पाकिस्तानसमेत सदस्य रहेको सार्कको विकल्पको रूपमा अघि सार्न खोजिएको भनिएको र पाकिस्तान सदस्य नरहेको बिम्स्टेकले गर्न लागेको संयुक्त सैन्य अभ्यास अर्थपूर्ण रहेको कतिपय विश्लेषकहरूको मत पाइन्छ।

यदि यसको रणनीतिक उद्देश्य छ भने, पाकिस्तानलाई अलग गर्ने नै हो किनकि सार्क चलेको छैन भने बिम्स्टेक त चल्नुपर्छ।
त्यसमा भारतको पाकिस्तानलाई यस क्षेत्रमा एक्ल्याउने र चीनलाई आफ्नो शक्ति देखाउने उद्देश्य लुकेको हुनसक्ने सैन्य मामिलासम्बन्धी एकजना जानकार इन्द्र अधिकारी बताउँछिन्।

ूहाम्राजस्ता देशहरू यस्ता समूहमा संलग्न हुँदा दुइटा देशबीचको द्वन्द्व र विशेषगरी आतंकवादको मूल्यमा च्यापिने सम्भावना रहन्छ,ू उनी भन्छिन्, कि त यस्तो समूहलाई बेवास्ता गर्नुपर्‍यो कि आतंकवादको सोचलाई बेवास्ता गर्नुपर्‍यो कि पाकिस्तानलाई बेवास्ता गर्नुपर्‍यो।

कतिपय भारतीय विश्लेषकहरू पनि पाकिस्तानलाई एक्ल्याउने भारतीय रणनीतिअनुरुप उक्त सैन्य अभ्यास गर्न लागिएको ठम्याइ सुनाउँछन्।

सम्बन्ध

भारतका एकजना अवकाशप्राप्त मेजर जनरल अशोक मेहेता भन्छन्,‘यदि यसको रणनीतिक उद्देश्य छ भने, पाकिस्तानलाई अलग गर्ने नै हो किनकि सार्क चलेको छैन भने बिम्स्टेक त चल्नुपर्छ।

भारत र पाकिस्तानबीच तिक्कतापूर्ण सम्बन्धका कारण पनि यो सैन्य अभ्यास थप अर्थपूर्ण ठानिएको हो । दक्षिण एसिया मामिलाका कतिपय जानकार भारत र पाकिस्तानले एक अर्कालाई सैन्य तागत देखाउने उद्देश्यले गर्ने गतिविधिमा अन्य छिमेकी मुलुकको सहभागिता हुनु कतिपय सन्दर्भमा कूटनीतिका हिसाबले जोखिमपूर्ण बन्नसक्ने चेतावनी दिन्छन् । बीबीसी



प्रतिक्रिया दिनुहोस्