Logo

सलमान खानको हिड्दै, घुम्दै गर्ने महल



काठमाडौँ, ५ भदौ । बलिउड अभिनेता सलमान खान आजभोली आफ्नो अप कमिङ् फिल्म ‘ भारत’को छायाङकनमा ब्यस्त रहेका छन । स्रोतका अनुसार माल्टामा जारी छायाँङकनको क्रममा रहेका उनको यति बेला फिल्मको भमिकालाई लिएर भन्दापनि उनको भ्यानिटी भ्यानका कारण चर्चा बटुलिरहेका छन ।

फिल्म ‘भारत’का निर्देशक निखिल नमितले उनको भ्यानको केहि तश्विरहरु सार्वजनिक गर्दे सलमानको तारिफ गरेका छन । सार्वजनिक गरिएका ति तश्विरहरुमा उनले प्रयोगमा ल्याएको भ्यान तथा त्यसभित्र सजाईएका साम्रगीहरुपनि एकदमै लग्जरिएस देखिएका छन । भ्यान भित्र सलमानले आफ्नो तश्विरलाई पनि फेमिङमा सजाएर राखेका छन ।

सुविधायुक्त सो भ्यान कुनै पाँच तारे होटेल भन्दा कम नरहेको पनि उनले जानकारीमा बताएका छन । आफ्नो सुन्दरतालाई बचाईराख्न चाहाने सलमानको लागि भ्यान भित्र मेक अप हल बाहेक उनले आनन्दले फिल्मको पटकथा पढ्न सकुन भनेर नै स्टडी हलको पनि ब्ववस्था गरिएको छ ।

डाईनिङ हल, बाथरुमहरुको उच्च सुविधा रहेको भ्यान भित्र सलमानको मुड अनुसारको बत्तिको सजावटलाई ध्यानमा राखेर निर्माण गरिएको छ । उनको बहुप्रतिक्षित फिल्म ‘भारत’को टिजर भारतीय स्वतन्त्रता दिवशको मौका पारेर सार्वजनिक गरिएको छ ।

एजेन्सि



प्रतिक्रिया दिनुहोस्