Logo

न्यायालयमाथि हस्तक्षेप बढ्यो, कामु प्रधानन्यायाधीश जोशी नै हुन : कानूनविद् खनाल



काठमाडौं, ५ भदौ । बरिष्ठ अधिवक्ता एवम् डेमोक्रेटिक लयर्स एशोसिएशनका पूर्व अध्यक्ष यदुनाथ खनालले पछिल्लो समय न्यायालयमाथि एकपछि अर्को हस्तक्षेपको श्रृंखला बढिरहेको गम्भिर आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले भने,‘केही समय अघिदेखि न्यायालयमाथि एकपछि अर्को हस्तक्षेप बढिरहेको छ । चाहे त्यो मिडियाबाट होस्, या आम जनताबाट होस वा संसदीय समितिबाट होस् । न्यायालयमाथि हस्तक्षेपहरु बढिरहेका छन् ।’

संविधानबमोजिम कामु प्रधान्यायाधीश दिपकराज जोशी नै भएको खनालको दाबी छ । उनले भने,‘संविधानको धारा १२९ को दफा ६ बमोजिम कामु प्रधानन्यायाधीश जोशी नै हुन् । जोशी अहिले विदामा बसेका छन् । जोशी विदामा बस्दा बरिष्ठतमका आधारमा ओमप्रकाश मिश्र कामु भएका हुन् । जोशी काममा फर्किएपछि बरिष्ठ न्यायाधीशको हैसियतले कामु प्रधानन्यायाधीश हुन्छन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot