Logo

विदेश गएका दिनेश तीन वर्षदेखि बेपत्ता



पाल्पा, ६ भदौ । मलेसियामा पैसा कमाउन गएका पाल्पा जिल्लाको माथागढी गाउँपालिका–२, रुप्सेका दिनेश झेडी तीन वर्षदेखि बेपत्ता भएका छन् ।

दिनेश तीन वर्षदेखि घरपरिवारसँग सम्र्पकविहीन छन् । लामो समयदेखि सम्र्पक हुन नसक्दा घरपरिवार चिन्तित बन्दै गएका छन् । पैसा कमाउन गएको छोराले घरमा फोनसमेत नगर्दा परिवारका सबै पीडामा रहेको बुवा गुनबहादुर झेडीले बताएका छन । ऋण खोजेर पैसा कमाउन गएको तर घरपरिवारसँग सम्पर्क नहुँदा परिवारमा समस्या थपिएको छ ।

मलेसिया गएको पाँच वर्ष भइसकेको तर दुई वर्षको अवधिसम्म घरपरिवारसँग सम्पर्क हुने गरेपनि त्यसपछि सम्र्पक हुन नसकेको गुनबहादुरले जानकारी गराए । विदेशबाट छोराको फोन आँउछ की भन्दै टेलिफोनको आशामा दिनरात बितेको आमा गीता झेडीको भनाइ छ ।
उनका जेठा दाइ सुन्दर झेडीले मलेसियामा रहेका नेपालीलाई सामाजिक सञ्जालमार्फत भाइको खोजी गरिदिन अनुरोध गरेका छन् ।

स्थानीय बासिन्दा तथा अगुवा युवा नवराज पन्थीले मलेसियामा रहेका नेपाली दाजुभाइलाई दिनेश झेडीलाई खोजेर घर पठाउन अनुरोध गरेका छन । नेपाली युवा विदेशमा गएर परिवारको सम्र्पकमा नआउँदा परिवारमा समस्या हँुदै आएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्