Logo

ट्याक्सी ड्राइभरहरुले अनिवार्य फ्लोरसेन्ट ज्याकेट लगाउनुपर्ने



काठमाडौं, ६ भदौ । महानगरीय ट्राफिक महाशाखाले ट्याक्सी ड्राइभरहरुले पहेंलो रंगको फ्लोरसेन्ट ज्याकेट लगाउनु पर्ने व्यवस्था गरेको छ ।

राजधानीमा ट्क्याक्सी चालकलाई पहेंलो रंगको ज्याकेट वितरण गर्दै ज्याकेट अनिवार्य रुपमा लगाउन भनिएको हो । महाशाखाले चालकको पहिचान झल्किने गरी ट्याक्सी व्यवसायी संघको सहकार्यमा छुट्टै पोशाकको सट्टा ज्याकेट लगाउनु पर्ने व्यवस्था गरेको हो ।

महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले ट्याक्सी चालकहरुले अब फ्लोरसेन्ट ज्याकेट लगाउनु पर्ने बताए । ट्याक्सी चालकले न्यूनतम मूल्यमा खरिद गरेर अनिवार्य रुपमा पोशाक लगाउनु पर्ने व्यवस्था महाशाखाले गरेको छ ।

ज्याकेट नलगाए पहिलो चरणमा सचेत गराइने छ भने, त्यसपछि अटेर गरे कानुनको दायरामा ल्याइने महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्