काठमाडौँ, ६ भदौ । लामो समय देखी प्रेम सम्बन्धमा रहेका बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको अन्ततः विवाह मिति सार्वजनिक गरिएको छ।
भारतीय पत्रिका हिन्दुस्थान टाइम्सका अनुसार रणवीर र दीपिकाको विवाह आउदो नोभेम्वर २० मा इटालीको लेक कोमोमा हुन गैरहेको छ।स्रोतका अनुसार उनीहरुको विवाह सम्बन्धी सम्पुर्ण तयारी पुरा भइसकेको जनाईएको छ।
सन् २०१३ बाट प्रेममा रहेको यो जोडीले अहिलेसम्म सार्वजनिक रुपमा आफ्नो प्रेम सम्बन्धका बारेमा भने केही पनि खुलाएका थिएनन्। सन् २०१३ यता ३ वटा फिल्महरु रामलिला, बाजिराव मस्तानी र पद्यावतमा अभिनय गरेको यो जोडीको बलिउडमा निकै ठूलो चर्चा हुने गरेको छ।
यो भन्दा पहिले पनि बेलावखत बिवाहको कुराले चर्चा पाईरहेको थियो । हालसालै बिवाह समारोहमा आमन्त्रित पाहुनाहरुले क्यामेरा तथा फोनहरुको प्रयोग नगरिदिन अनुरोध गरेका थिए ।