Logo

कालिमाटी तरकारी तथा फलफूल बजार आजबाट सञ्चालनमा



काठमाडौं, ६ भदौं । कालीमाटी तरकारी तथा फलफूल बजार आजबाट सञ्चालनमा आएको छ । सरकारले अनुगमन गरेको विरोधमा बजार नै बन्द गरेका व्यवसायीले आज भने विक्रिवितरण गरेका छन् ।

व्यवसायीले आन्दोलनका कार्यक्रम यथावत रहेको भन्दै कृषकलाई असर नपर्ने गरी विक्री भने नरोक्ने बताएका छन् । कालिमाटी बजारमा अहिले तरकारी तथा फलफूल विक्रिवितरण सहजै भएको छ ।

सोमबार भएको अनुगमनपछि व्यवसायीले कालिमाटी बजारमा मंगलबार तरकारीको बिक्री वितरण ठप्प पारेका थिए ।यद्धपि भित्र–भित्रैबाट तरकारी विक्रि भइरहेको व्यवसायीहरुले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्