Logo

लोकदोहोरी गीत ‘कर्णालीको पानी सलल’



काठमाडौं, ६ भदौ । गायक नवीन संगीत र गायिका टिका पुनको स्वरमा रहेको लोकदोहोरी गीत ‘कर्णालीको पानी सलल’ नेपाली दोहरी बजारमा सार्वजनिक गरिएको छ । गायक संगीत रोजगारीको क्रममा भारतमा रहेर पनि नेपाली लोकदोहोरी क्षेत्रमा निकै रुची भएका सर्जक हुन् ।

भिडियो हेर्न तलको लिङकमा जानुहोस

किरण चैसिरको छायाँकन, अमर शाक्यको सम्पादन, एकेन्द्र सारा शंकरको निर्देशनमा गीतको म्युजिक भिडियो तयार भएको हो । गायक तथा संगीतकार किरण बाबु पुनको शब्द तथा उत्कृष्ट लय सिर्जनामा युवा पुस्तालाई केन्द्रित गरेर लोकदोहोरी बजारमा आएको छ ।

म्युजिक भिडियोमा शंकर विसी र मोडल शशीकला राईको जोडदार अभिनय रहेको छ ।आफ्नै जिल्लाको सिमाबाट बग्ने कर्णाली र भेरी नदीको नामबाट गीत बनाएका गाएक प्रवासी जिवन बाटै नेपाली गित संगितमा कलम कोरी रहेका छन ।उनि हाल भारतमा रहेका छन ।



प्रतिक्रिया दिनुहोस्