Logo

पुनर्निर्माण प्राधिकरण : पाँच एकीकृत बस्ती विकास योजना स्वीकृत



काठमाडौं, ६ भदौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लाका पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको छ।

बुधबार बसेको कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका १२ मा नम्डोललिङ एकीकृत बस्ती विकासको योजनालाई स्वीकृत गरेको छ। सो बस्तीमा ७० घरधुरी रहनेछन्।  सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५ त्याङथली एकीकृत नमूना बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot