Logo

उमा र डिबीको तीजगीत ‘भाइरल’ दर्शकले यस कारण रुचाए !



काठमाडौं। हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको पूर्व सन्ध्यामा नेपाली कलाकारहरुले बजारमा तारात्नर गीतहरु पठाईरहेका छन् । तीज नजिकिएसँगै नेपाली कलाकारहरुको व्यस्तता पनि बढि रहेको छ । तीज गीतहरुको साथमा स्वदेश तथा विदेशका कार्यक्रममा भाग लिईरहेका छन् ।

कुनै-कुनै तीजगीतका भाकाहरुले दुखित तुल्याउन बाध्य पार्छन् भने कुनै गीतले खुसि । कुनै गीतले नाचौ नाचौ बनाउछन् । कुनै गीतले सामाजिक सन्देश बोकी रहेका छन् ।

यसैक्रममा गायिका उमा श्रेष्ठको एउटा फरक खालको तीज गीतले बजारमा राज जमाईरहेको छ । तीजको माहोल नजिकिएसँगै उमा श्रेष्ठको तीजगीत ‘भाईर’ले बजार तताईरहेको छ ।

यस गीतमा सामाजिक सन्देश समावेश गरिएकाले पनि दर्शकले रुचाएका हुन । कलाकारहरु हिट हुनको लागि अनेकौ बाहना गर्छन् । नेताहरुले आफ्नो प्रचार गर्नमा खर्च गर्छन्, जस्ता सन्देशहरु गीतमा सुन्न पाईन्छन् ।

एसएस फिल्मस् प्रालिको प्रस्तुतिमा रहेको ‘भाइरल’ बोलको गीतले दर्शकको मन तानेको छ । नचाउने खालको तीजगीत भएर पनि होला यस गीतलाई माया गर्नेहरुको संख्या राम्रै देखिन्छ ।

गीतमा गायिका उमा श्रेष्ठलाई गायक डिबी लोप्चनले स्वरमा साथ दिएका छन् । संगीतकार दिपक शर्माले संगीत तथा शब्द सिर्जना गरेको गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् ।

बिक्रम चौहानको निर्देशन रहेको उक्त गीतको भिडियो प्रकाश खड्काको छायांकन रहेको छ । भिडियोमा अंजली अधिकारी र संजीव ठकुरीको नृत्य रहेको छ भने मिलन विश्वकर्माले सम्पादन गरेका छन् । गीतको नामै भाइरल रहेको उक्त गीतलाई सबै दर्शकले मन पराइदिएर अझै भाइरल हुन्छ भन्ने गायिका उमा श्रेष्ठले अपेक्षा गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस्