Logo

रारा घुम्ने सोच बनाउनु भएको छ ? उपयुक्त मौसम जान्नुहोस् !



काठमाडौं । राराताल नेपालको कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ ।

जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ ।

प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता बन्य जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

प्राकृतिक सौन्दर्यता

दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ। रारातालको अर्को एक थप विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ । रारातालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ ।

जहाँबाट रारातालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृङखलाको मनोरम अवलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य देखिनाको साथै अन्यत्र कहीं नपाइने ’असला’ जातको माछा पाइन्छ।

नामकरण र जलवायु

राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारा दह भनेर चिनिंदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए ।

ग्रीष्म ऋतुमा रारा ताल निकै सुन्दर छ तर जाडो हुन्छ । सबैभन्दा उत्तम भ्रमण गर्ने समय सेप्टेम्बर र अक्टोबर र अप्रिलदेखि मईसम्म हुन्छ। डिसेम्बरदेखि मार्च सम्म तापमान पनि जम्ने प्वाइन्ट भन्दा तल झर्छ । हिउँदमा भने १ मिटरसम्मको हिउँ पर्ने गरेको छ ।

बर्खा याममा भने ८० मिलिमिटर सम्म को पानी परेको पर्ने गरेको छ । सामान्यतया तालको सतहको तापमान ७.५ देखि ७.६ डिग्री सेल्सियससम्म हुने गरेको छ ।

तस्बिर-जिपि भण्डारी



प्रतिक्रिया दिनुहोस्