Logo

कांग्रेस दबाबमा : आजको बैठकले के गर्ला ?



काठमाडौं, ७ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किएपछि आज पहिलो पटक पदाधिकारीको बैठक बस्दैछ ।

आज बस्ने पदाधिकारी बैठकबाटै भोलि शुक्रबार बस्ने केन्द्रिय कार्यसमितिको बैठकको एजेन्डा र विषयहरु छानिने एक नेताले जानकारी दिए । काँग्रेस अहिले आन्तरिक र बाह्य रुपले दवावमा छ ।

पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले तत्काल महासमिति बैठक बोलाउन दबाब दिईरहेका छन् । तर, सभापति देउवा भने भदौमा बैठक डाक्ने पक्षमा अहिलेनै पुगिसकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्