कौरव खत्री–गुल्मी । व्यवसायीहरुको हकहिको पक्षमा काम गर्ने लक्ष्यले बाग्लुङ्गमा चेम्बर अफ कमर्शको शाखा विस्तार गरिएको छ । शाखाले युवा समाजसेवी तथा सञ्चार दोर्णकुमार कुँवरको अध्यक्षतामा २९ सदस्यीय चेम्बर अफ कमर्शको समितिको गठन सम्पन्न गरेको छ ।
समितिको महासचिवमा नारायण पौडेल,सचिव तेजबहादुर कुँवर,कोषाध्यक्ष योगेश भण्डारी,सह कोषाध्यक्ष लक्ष्मी शाक्य लगायत अन्य सदस्यहरुमा सोम पौवी यामु,दिलप्रसाद शर्मा,महेन्द्र आचार्य,तालबहादुर कुँवर,दिपेन्द्र केसी, दिपेन्द्र श्रेष्ठ,हरिदत्त आचार्य, हिरा भण्डारी,दिल्लीप्रसाद गौतम,ओम बहादुर खड्का (शिव) कमला पराजुली,सितादेवी सापकोटा (कँडेल), दिपेन्द्र बहादुर घिमिरे र सुवास आचार्य रहेको जनाईएको छ ।
बाग्लुङ्गका चार नगरमा यसभन्दा पहिले नै चेम्वर अफ कमर्शको स्थापना भइसकेको छ । ढोरपाटन नगरमा दिपककुमार अदै,गल्कोट नगरमा केयरसिँह खत्री, जैमनी नगरमा विष्णुप्रसाद आचार्य, बाग्लुङ्ग नगरमा हरि बहादुर जिसी (सन्तोेष) चयन भएका छन् । शाखाले प्रशासन कार्यालयमा विधिवत दर्ता गराई काम सुरु गरेको छ ।
आफनो समूहले जिल्लामा व्यवसायिक वातावरण सिर्जना गर्ने, व्यवसायिको पेशागत अधिकारको पक्षमा काम गनुका साथै बागलुङ जिल्लामा उर्जा श्रोत भित्राउनमा स्थानीय सरकार, जनप्रतिनिधि र प्रशासनिक निकाय सँग समन्वय गर्दे अगाडी बद्ने कुँवरले बताए । चेम्बरले बागलुङमा एम्बुलेन्स सेवा सञ्चालनको समेत तयारी गरेको छ ।