Logo

महंगी र करको मारमा गरिब जनता परे: महासचिव बिसी



काठमाडौं । लोक जनशक्ति पार्टीका महासचिव कर्णसिंह बिसीले वर्तमान सरकारले बढाएको करले विपन्न वर्गलाई मारमा पारेको बताएका छन् ।

रिपोर्टर्सनेपाल डटकमसँगको कुराकानिमा उनले भने,‘वर्तमान सरकारले मनलाग्दी तरिकाले कर बढाउने काम गरेको छ, हाम्रो पार्टीले करका सम्बन्धमा बिरोध जनाएको छ, सरकार जनपक्षिय बन्नुपर्छ भन्ने हो तर दुईतिहाईको सरकारनै गरिब, बिपन्न र कम्जोर वर्गका जनताका आधारभुत आवश्यकता समेत खोस्ने किसिमले अघि बढिरहेको छ, सरकार सच्चिनुपर्छ ।’

महासचिव बिसिले अघि थपे,‘महंगी बढेको छ, गरिब र निम्न वर्गीय मानिसहरु बाँच्न मुस्किल हुँदैछ, यो अवस्थालाई सरकारले गम्भिरताकासाथ लिनुपर्छ, स्थानीय सरकारहरुले मनलाग्दि रुपमा लगाएको कर तत्काल फिर्ता लिन आग्रह गर्दछु, जनपक्षिय बन्न अनुरोध गर्दछुु, सरकारमा सहभागि राजनीतिक दल, नेता कार्यकता, सरकारमा रहेका राजनीतिक दलका आसेपासेहरुलाई महंगी र करले असर नगरेपनि जनतालाई महंगी र करले ठूलो असर पारेको छ ।’



प्रतिक्रिया दिनुहोस्