Logo

बिबिसीले खिचेको ‘रोबोट २०’को भिडियो लिक, हेर्नुहोस भाईरल भिडियो



काठमाडौँ । भारतीय फिल्मको इतिहाँसमा सर्वाधिक बजेटमा निर्माण भएको फिल्म ‘रोबोट २०’ निर्माणाधिन अवस्थामा रहेको छ । दक्षिण भारतीय फिल्मका महानायक रजनीकान्त र बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘रोबोट २०’ को गीत छायाँकनको फुटेज सामाजिक संजालमा भाईरल भईरहेको छ ।

एक ट्वीटर प्रयोगकर्ताद्धारा लिक गरिएको उक्त भिडियोमा अभिनेत्री यमी ज्याक्सन र रजनीकान्तलाई देख्न सकिन्छ । भिडियोबाट दर्शकले यमीको लूक्स तथा मेकिङ कसरि गरिएको थियो भन्नेबारे जानकारी प्राप्त गरेका छन ।

सामाचार स्रोतका अनुसार उक्त फुटेज बिबिसीले प्रशारणको लागि खिचेको थियो । ‘रोबोट २०’ को अहिलेसम्म पोस्टर मात्र आधिकारिक रुपमा सार्वजनिक गरिएको थियो । शंकर शंमुघनले निर्देशन गरेको बहुप्रतिक्षित फिल्म नोभेम्बर २९ बाट प्रर्दशनमा आउने जानकारी गराईएको छ ।एजेन्सि



प्रतिक्रिया दिनुहोस्