काठमाडौँ । जापानमा प्रवासी जिवन बिताई रहेका लोक गायक तथा सर्जक नकुल गौतमको शब्द रचनामा “कता बग्यो मेलम्ची, कहाँ गुड्यो रेल” तिज बिशेष गित सार्वजनिक गरिएको छ । नेत्र प्रसाद ज्ञवाली र लोकेन्द्र चन्दको प्रस्तुतिमा बजारमा आएको यो गितले अहिलेको वास्तविक परिस्थितिलाई लोक संगीत र व्यंग्यमार्फत सम्बन्धित निकायलाई सजक बनाउने कोसिस गरेको पाईएको छ ।
देशमा जारी राजनैतिक उथलपुथल र कुर्सि मोहमा मात्र नेताहरु लागिरहँदा बिकाश निर्माणको काम ओझेल परेको भन्दै गाएनको माध्ययमबाटै व्यङ्ग्य गर्न खोजिएको छ ।
भिडियो हेर्न तलको लिङकमा जानुहोस
नेत्र प्रसाद ज्ञवालीले साथ दिएको गितको भिडियोमा दमन रुपाखेती, निरु खड्का, जनक बर्तौला सरिता गौतम र सागर चौलागाईंको जीवन्त अभिनय रहेको छ ।
म्युजिक भिडियोको निर्देशन भीमसेन अधिकारी ‘भोगटे डन’ ले गरोक छन भने रेशम दर्लामीले सुन्दर तरिकाबाट क्यामेरामा छायांकन कैद गरेका छन । सरिता गौतमको सम्पादन रहेको भिडियोमा संगीत पनि नकुल गौतमकोे नै रहेको जनाईएको छ ।