Logo

बच्चालाई पुरानो पेसाको काहानी बताउने योजनामा सनी लिओनी



काठमाडौँ । गत पाँच वर्षमा भारतमा गुगलबाट सर्वाधिक खोजिएको नाममा पर्दछ – करनजीत कौर उर्फ सनी लिओनी। पोर्न चलचित्रमा अभिनय गर्ने यी कलाकारबारे जान्ने र उनलाई हेर्ने रुचि मानिसहरूमा देखिन्छ।

“म मेरो विचार र जीवनबारे पारदर्शी छु। तर मानिसहरू मलाई मेरो पुरानो पेसासँग जोडेर हेर्छन्। यसमा उनीहरूको कुनै गल्ती छैन। तर समयसँगै म पनि परिवर्तन भएकी छु र मानिसहरूले पनि ममा आएको यो परिवर्तनलाई बुझ्लान् भन्ने आशा छ।” उनले बीबीसी संगको कुराकानीमा बताएकि छन ।

सनीले पहिला बलिउडका“आइटम नम्बर” भनिने गीतहरूमा काम गरेकी थिइन् र बिस्तारै उनले चलचित्रमा अभिनय पनि आफ्नो अभिनयको कला देखाउन सुरु गरेकी थिईन ।भरखरै उनले उत्पादन गरेको अत्तर “द लस्ट” पनि बजारमा आएको छ।

उनको जीवनमा आधारित भएर निर्माण गरिएको वेब शृङ्खलामा उनको वास्तबिक नाम करनजीत कौर प्रयोग भएको भन्दै सिखहरूको शिरोमणि गुरुद्वारा प्रबन्धक समितिले विरोध गरेको थियो।

सिख धर्ममा ‘कौर’ उपनामको विशेष महत्त्व छ। तर पोर्न चलचित्रसँग जोडिएकी सनीले त्यो नाम प्रयोग गर्दा विवाद उत्पन्न भयो।यसबारे सोध्दा आफ्नो नाम राहदानीमै भएको बताइन्। उनका अनुसार आमाबाबुले नै उनको नाम करनजीत कौर राखिदिएका हुन्।

तर उनीहरू दिवङ्गत भइसके र उनको दाबी पुष्टि गर्न सकिने स्थिति छैन।उनले भनिन्, “मेरो वास्तविक नाम करनजीत कौर हो र मेरो कामको नाम मात्र सनी लियोनी हो।”

पोर्न चलचित्रमा काम गरेकोमा सनी लियोनीलाई लज्जा वा हीनताबोध छैन।भारतमा व्यक्तिगत रूपमा पोर्न हेर्नमा कुनै प्रतिबन्ध छैन। तर त्यहाँ पोर्न सामग्रीको निर्माण र वितरण गैरकानुनी मानिदै आएको छ।संसारको सबैभन्दा ठूलो पोर्न वेब्साइट ‘पोर्नहब’का अनुसार अमेरिका, ब्रिटेन र क्यानडापछि भारतमा सबैभन्दा धेरै पोर्न हेर्ने गरिन्छ।

के भारतमा पनि पोर्न उद्योगलाई वैधानिक मान्यता दिनुपर्छ ?भन्ने प्रश्नको उक्तरमा त्यसको निर्णय आफूले नभएर भारत सरकार र नागरिकहरूले गर्नुपर्ने उनले बताएकी थिईन ।अनि के पोर्न उद्योगले यौनबारे सहजता र उदारता ल्याउलारु

उत्तरमा उनी आफूलाई मन परेको कुरा मान्न अरूलाई बाध्य नपार्ने बताउँछिन्। परिवारबाट समाजमा विचार जाने र प्रत्येक महिलाको विचार उनका आमाबाबुबाट बन्ने उनको धारणा छ।

उनी उदार विचारधारा राख्दै हुर्किइन्। आमाबाबुले उनको निर्णय भने स्वीकार्न नगरेपनि उनी आमाबुबालाई सम्मान गर्ने तर आफ्नो निर्णय आफैँ लिन्छिन्।

अहिले उनका आफ्नै बालबच्चा छन्। उनले एउटी धर्मपुत्री पालेकी छन् भने सरोगेसीमार्फत् दुई छोरा पनि जन्माएकी छिन्।उनले भनिन्, “म निस्सन्देह उनीहरू माथि पुगून्, मङ्गल ग्रहसम्मै पुगून् भन्ने चाहन्छु। तर निर्णय र बाटो उनीहरूकै हुनेछ।” उनले कुराकानीकै क्रमका जानकारी गराईन ।

 

तपाई आफ्नो पुरानो पेसाको कुरा आफ्ना बच्चालाई कसरी बुझाउनुहुन्छ भनेर गरिएको प्रश्नलाई सजिलै गरिउपयुक्त समयमा छोराछोरीलाई वास्तविक कुरो बताउने उनको योजना रहेको कुरा बताएकी छन । बीबीसी



प्रतिक्रिया दिनुहोस्