Logo

कञ्चनपुर घटनाबारे प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक, कांग्रेससँग छलफल गरेर अघि बढ्ने



काठमाडौं । कञ्चनपुर घटनाका विषयमा नेकपाले आकस्मिक बैठकबोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्उक्ष पुष्पकमल दाहालसँग छलफल गरेर आकस्मिक बैठक बोलएका हुन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालयको आकस्मिक बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा कञ्चनपुर घटनाका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । बैठकमा सरकारका केही मन्त्रीहरुको पनि सहभागिता रहेको छ ।

बैठकले तत्काल कञ्चनपुरका पार्टिका तर्फबाट खेल्ने भूमिकाका विषयमा निर्णय हुनेछ । सचिवालयका एक सदस्यको नेतृत्वमा टोली नै परिचालन र्गे तयारी छ । कञ्चनपुरमा प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीको गोलीबाट एक किशोरको शुक्रबार मृत्यु भएको छ । अहिले अनिचितकालिन कर्फ्यू जारी छ ।



प्रतिक्रिया दिनुहोस्