काठमाडौं । गायक राजेन्द्र चुनाराको ‘ओई कालि नाच न छमछमी’ बोलको तीजगीत बजारमा आएको छ । नेपाली हिन्दुनारीहरुको महान पर्व हरितालिका तीजको माहोल नजिकिदै गरेको बेला गायक चुनाराको निक्कै मिठो तीजगीत बजारमा पठाईएको छ ।
म्युजिक नेपालको युटुवबाट सार्वजनिक गरिएको गीतमा गायक राजेन्द्र चुराना, सुप्रिमराज विश्वकर्मा र सुर्खेती गायिका शिला विश्वकर्माले स्वर भरेकी छन् ।
‘ओई कालि नाच न छमछमी’ गतीमा लोकप्रिय गायक अर्जुन सुनामको कर्मप्रिय संगीत तथा सुपिमराज विश्वकर्माको शब्द रचना रहेको छ ।
नेपाली हिन्दु नारीहरुको पहिचानको रुपमा लिईने तीज पर्वले नेपाली पुरुषलाई पनि समावेश गरेको छ ।
नरेश सोनीले निर्देशन गरेको उक्त गीतमा लोकप्रिय मोडेल दीपाशा बिसी र राजेन्द्र चुनाराको अभिनय रहेको छ । सम्भु चालिसेले छायांकन गरेको गीतको भिडियो सम्पादन रविन बिकले गरेका हुन ।