Logo

शिक्षाको विकासमा काङ्ग्रेसको महत्वपूर्ण योगदान छः डा महत



काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले नेपाली शिक्षा क्षेत्रको विकासमा काङ्ग्रेसको महत्वपूर्ण योगदान रहेको दावी गरेका छन ।

नेपाल विद्यार्थी सङ्घ पाल्पा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘एसईई, प्लस टु उर्तिण विद्यार्थी तथा विशिष्ट व्यक्ति सम्मान’ कार्यक्रममा उनले शिक्षाको विकासमा काङ्ग्रेसले उल्लेख्य काम गरेको बताएका हुन ।

“विस २०४६ मा नेपालमा साक्षरता प्रतिशत ४५ प्रतिशत थियो, अहिले ८५ प्रतिशत पुगेको थियो, पहिला मेडिकल कलेज एक÷दुईवटा थियो, अहिले १८÷२० वटा पुगेको छ,” उनले बताएका छन।

डा महतले नेपालमा थुप्रै सम्भावना रहेको भन्दै जुन क्षेत्रमा आफू गएपनि उत्कृष्ट हुने गरेर अगाडि बढ्न विद्यार्थीलाई सुझाव दिए। काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले नेविसङ्घ सफल भए लोकतन्त्र सफल हुने भन्दै नेविसङ्घलाई बलियो बनाउन सम्पूर्ण विद्यार्थीहरु लाग्नुपर्ने बताएका छन ।

प्रा डा विष्णु खनालले नेपालमा पढाइ हुने जुनसुकै विषय उत्तिकै महत्वपूर्ण भएको भन्दै अरुको करकापमा भन्दापनि आफ्नो स्र्वच्छाले पढ्न आग्रह गरे । नेविसङ्घ सम्पर्क समितिका अध्यक्ष सुरज पौडेल, काङ्ग्रेस पाल्पा–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष खिमानन्द बस्याल तथा काङ्ग्रेसका नेता हिमालदत्त श्रेष्ठलगायतले नेपालको शैक्षिक आन्दोलनको नेतृत्व नेविसङ्घले गर्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा पाल्पा जिल्लाबाट २०७४ को एसईई परीक्षा तथा कक्षा १२ मा उर्तिण विद्यार्थीलाई सम्मान गर्नुका साथै सोही जिल्लामा जन्मेर विशिष्ट तहमा पुगेका व्यक्तिलाई सम्मान गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्