Logo

ला लिगामा बार्सिलोनाको संघर्षपूर्ण जित, डेम्बेले नायक



काठमाडौं, १० भदौ । स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविक विजेता बार्सिलोनाले रियल भालोडोलिडलाई पराजित गरेको छ ।

भालाडोलिडले घरेलु मैदानमा बार्सिलोनालाई गोल गर्ने अवसर नदिंदा जितका लागि निकै संघर्ष गर्नुपरेको थियो । तर, दोस्रो हाफमा ओस्मान डेम्बेलेले बार्सिलोनाका लागि गोल गरे ।

५७औं मिनेटमा सेर्गी रोबर्टोको पासमा गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बन्यो । खेलको अन्त्यतिर भालाडोलिडले बराबरी गोल फर्काए पनि भिडियो असिस्टेन्ट रेफ्रीले गोलको मान्यता दिएन ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot