Logo

दुई विधेयक छलफलका लागि समितिमा



काठमाडौँ, १० भदौ / प्रतिनिधिसभाको आजको बैठकले दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव स्वीकृत गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीका तर्फबाट शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले प्रस्तुत गरेको ‘जनस्वास्थ्य विधेयक, २०७५’ र मन्त्री राईले नै प्रस्तुत गरेको ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यसैगरी गृहमन्त्री रामबहादुर थापाले ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’ प्रस्तुत गर्नुभएको छ । यसै विधेयकमाथि सांसद प्रेम सुवालले प्रस्तुत गरेको विरोधको सूचनालाई सभामुख कृष्णबहादुर महराले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भयो । (रासस)



प्रतिक्रिया दिनुहोस्

Screenshot