Logo

भिएआरको प्रयोग विवादास्पद



काठमाडौँ । जर्मन बुन्डेसलिगामा लगातार दोस्रो दिन भिडियो साहयक रेफ्री भिएआरको प्रयोग विवादास्पद बन्दा ड्यानियल गिल्चेकले अन्तिम समयमा गरेको गोलमा उल्फसबर्गले साल्केमाथि २–१ को नाटकीय जित हात पारेको छ।

६६औं मिनेटमा माटिजा नास्टासिच रातो कार्डको कारण मैदान बाहिरिएपछि साल्केले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। रेफ्रीले सुरुमा नास्टासिचलाई पहेंलो कार्ड देखाए पनि भिएआरको प्रयोगपछि उनलाई रातो कार्डको देखाईएको थियो ।

३३औं मिनेटमा जोन बु्रक्सले गरेको गरेको गोलमा उल्फसबर्गलाई अग्रता दिलाएका थिए।खेल सकिन ४ मिनेट बाँकी रहँदा नाबिल बेन्टालेबेजले पेनाल्टीमा गोल गर्दै साल्केलाई खेलमा फर्काएका थिए।इन्जुरी समयको दोस्रो मिनेटमा गिल्चेकले गरेको गोलमा उल्फसबर्गले जित पक्का गरेको थियो।

‘यो एकतर्फी निर्णय भयो । मेरो केही भन्नु छैन,’ इटरिचबारे सोधिएको प्रश्नमा टेडेस्को भने, ‘मैलै फोर्थ अफिसियलसँग सामान्य जिज्ञासा राखे पनि उचित जबाफ पाइनँ । उल्टै मेरो अपमान गरियो।’साल्केका प्रशिक्षक डोमिनिको टेडेस्कोले भिएआरको निर्णयको विरोध गर्दा रेफ्री इटरिचले आफूलाई अपमान गरेको दाबी गरेका छन।एजेन्सि

यस्तै बुन्डेसलिगाअन्तर्गत शनिबार भएको अर्को खेलमा बोरुसिया मोन्चेनग्लाडबाचले बायर लेभरकुुुसेनमाथि २–० को जित हात पारेको छ। ५५औं मिनेटमा जोन्स होफम्यानले पेनाल्टीमा गोल गर्दै मोन्चेनग्लाडवाचलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि नै फाबियन जोन्सनले मोन्चेनग्लाडवाचको अग्रता दोब्बर पारेका थिए।

त्यस्तै शनिबारै सम्पन्न अन्य खेलमा इन्ट्राक्ट फ्य्रांकफर्टले फ्रेइबर्गलाई २–० ले पराजित गर्दै लिगको सुखद सुरुआत गर्दा अर्को खेलमा हार्था बर्लिनले न्युरेनबर्गलाई १–० र औसबर्गले फर्टुनालाई २–१ ले पराजित गरे । वेर्डर ब्रेमेन र ह्यानओभरले भने १–१ बराबरी खेले।एजेन्सि



प्रतिक्रिया दिनुहोस्

Screenshot