काठमाडौं, ११ भदौ । नेपालीपन साप्ताहिक पत्रिकाको तेस्रो वार्षिकोत्सवको अवसरमा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई आज सम्मान गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित एक समारोहका बीच पत्रकार धमलालाई प्रेसको तर्फबाट मुलुकको विकास र समृद्धिको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकोले सम्मान गरिएको हो ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, पूर्वमन्त्री एवम् नेकपाका नेता प्रभु साह लगायतका नेताहरुले धमलालाई संयुक्त रुपमा सम्मान गरेका हुन् ।
सो अवसरमा साप्ताहिकले प्रेस काउन्सिल सञ्चालक समिति सदस्य गोविन्द चौलागाईँ, पत्रकार डा राजेश अहिराज, गायिका सेरिना कुँवर, साहित्यकार चन्द्रभूषण साहलगायतलाई सम्मान गरिएको थियो ।