काठमाडौं। काभ्रेको पनौती र्यालेमा जन्मिएका जयराम सापकोटा तीन दाजुभाइ र एक दिदी मध्यका माहिला हुन । चोर मन्तर हाँस्य टेलिश्रीङ्खला मार्फत कला क्षेत्रमा प्रबेस गरेका सापकोटा सानै उमेरदेखि कला क्षेत्रमा् रुचि राख्ने भएपनी पारिवारिक पृष्ठभुमिमा कोहिपनि यस क्षेत्रमा नभएकोले विभिन्न आरोह-अबरोह र प्रतिकुलताको बाबजुत पनि करिब १९ बर्ष यो क्षेत्रमा टिकेका छ्न ।
पुराना क्षण सम्झदै उनी भन्छ्न जस्तोसुकै अप्ठेरो परिस्थिति आइपरेपनी जहाँ इच्छा त्यहाँ उपाए भनेझै मैले यो क्षेत्रमा प्रबेस गरेदेखी पछाडि फर्कनु परेको छैन । मेरिबास्सै, झ्याँइकुटी झ्याँइ,मलाई छोरी दिने कोही छ ? दसैँ कि दसा, कुकुर हाँस्दा बिरालो बौलायो, ढुक्क, लगाएत दर्जनौं टेलिफिल्म मार्फत आफ्नो कला प्रस्तुत गरिसकेका उनी हाल चुरिफुरी हाँस्य टेलिश्रीङखला मार्फत दर्सकको मन जितिरहेका छन् ।
लेखन तथा गायन क्षेत्रमा समेत हात हालेका उनले, चाँडै नै कमेडी गीति एल्बम दर्सक-श्रोतामाझ आउने जानकारी समेत हामिलाइ गराए।तँछाडमछाड, तिरिरिरी, क्या हो क्या हो लगाएत निर्माताको रुपमा समेत आफुलाइ प्रस्तुत गरेका उनी निसानी, वान साइड लभ, मेन्टल, फुच्चे दादा, भुमिगत, देसले रगत मागे दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन ।
उनको छिट्टै प्रदर्शन हुने चलचित्र पहिलो मान्छे र नेपाल टेलिभिजन बाट निकट भबिस्यमा प्रदर्सनको तयारीमा रहेको ताल न बेताल टेलि चलचित्रलाई दर्सकले बेग्र प्रतीक्षा गरिरहेका छ्न ।
किन यति धेरै बिधामा हात हाल्नु भएको भन्ने हाम्रो जिज्ञासामा उनले भने कलाकारितामा लेखन, निर्माण-निर्देशन, गायन जेसुकै गरेपनी मेरो शरिरको नसा-नसामा अभिनय बगिरहेकोले भबिस्यमा एउटा् अब्बल अभिनेता बन्नको लागि संघर्ष गरिरहेको छु ।
सिकेर कहिले पनि नसकिने हुँदा आफू सिकाइको क्रममै रहेको पनि उनी बताउछन । धेरै मानिसले आफुलाइ युज एन्ड थ्रो गरेपनी कसैप्रती आफ्नो गुनासो नरहेको उनको भनाइ छ ।