Logo

स्टूडियो बेच्ने निर्णयमा कसरी पुग्यो कपुर परिवार ?



काठमाडौँ । बलिउडको कपूर परिवारले संयुक्तरूपमा ऐतिहासिक मानिएको आरके स्टूडियो बेच्ने निर्णय गरेको सामाचारहरु सार्वजनिक भएको छ।कपूर परिवारकी अभिनेत्री करिना कपूरले हजुर बा राजकपूरले बनाएको यो स्टूडियोसंग आफ्नो बाल्यकालदेखिका धेरै स्मृतिहरू जोडिएको जानकारी गराएकी छिन।

आर्थिक उपार्जन गराउन पनि छोडेको यो स्टूडियो बिक्री गर्ने आधिकारीक निर्णय करिनाका पिता र उनका भाइहरूको सयेक्त निर्णएमा भएको उनले जनाएकी छिन।गत वर्ष आगलागिमा परेको ७० वर्ष अघि स्थापना गरिएको यो स्टूडियो दुई एकड जग्गामा फैलिएको छ ।

करिनाका काका अभिनेता ऋषि कपूरले एक अन्तर्वातामा यसको जिर्णोद्धार गर्ने सोचाई परिवारको भएपनि यसमा लाग्ने लगानी लगाएर यसलाई सञ्चालन गर्नु सजिलो नभएको बताए ।

सन् १९४८मा बलिउडका चर्चित अभिनेता राजकपूरले आरके फिल्म्स कम्पनीको प्रधान कार्यालयको रूपमा आरके स्टूडियोको स्थापना गरेका थिए ।यो स्टूडियोको ब्यानरमा बनेको पहिलो सिनेमा आग बक्स अफिसमा फ्लप भयो भने सन् १९४९मा राजकपूर र नर्गिस अभिनीत बर्सात सुपरहिट भएको थियो ।

त्यसपछि यो स्टूडियोको बनेका फिल्म फ्लप भएन । श्याम श्वेत फिल्महरूमा आवारा १९५१, बुट पालिस १९५४, श्री ४२० ,१९५५ जागते रहो १९५६ यो स्टूडियोका सफल चलचित्रहरूमा रहेका छन् ।

त्यसपछिका चर्चित फिल्महरूमा जिस देशमे गंगा बती है १९६०, मेरा नाम जोकर १९७०, बबी १९७३, सत्यम् शिवम सुन्दरम १९७८, प्रेम रोग १९८२, राम तेरी गंगा मैली १९८५ रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्