Logo

‘ड्रिम अन’ एडुकेशन कन्सलटेन्सीले आयोजना गर्ने शैक्षिक मेलाको तयारी पुरा



काठमाडौ, १२ भदौ । ‘ड्रिम अन’ एडुकेशन कन्सलटेन्सीले काठमाडौंमा आयोजना गर्ने शैक्षिक मेलाको तयारी पुरा भएको जनाएको छ ।

उच्च शिक्षा अध्ययनको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरि ‘ड्रिम अन’ एडुकेशन कन्सलटेन्सीले शैक्षिक मेला आयोजना गर्न लागेको हो ।
काठमाडौंको लाजिम्पाट स्थित होटल सांग्रिलामा आउँदो भदौ १६ गते शैक्षिक मेला सम्पन्न हुनेछ ।

मेलामा अस्ट्रेलिया, अमेरिका लगायतका देशमा उच्च शिक्षा हासिलका लागि जान चाहाने विद्यार्थीहरुले कजेल तथा विश्व विद्यालयकाबारे सम्पूर्ण जानकारी लिन सक्ने ‘ड्रिम अन एडुकेशन कन्सलटेन्सी’का प्रबन्ध निर्देशक भीमबहादुर थापाले जानकारी दिए ।

त्यस्तै, विद्यार्थी तथा अभिभावकले मेलामा सबै देशको शिक्षा, शिक्षा नीति, त्यहाँ जाने प्रक्रिया, शुल्क, त्यहाँ रहँदाको बसाइ तथा रोजगारीका बारे सबै खाले जिज्ञाशा मेट्न सक्ने छन् । मेलामा एक हजार विद्यार्थीले शैक्षिक जानकारी लिने ‘ड्रिम अन’ले अपेक्षा गरेको छ । मेला विहान ९ बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुनेछ ।

‘ड्रिम अन’ले सन् २०१५ देखि उच्व शिक्षा अध्यायनका लागि विश्वका विभिन्न मुलुक जान जाहाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा पुर्याउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्