काठमाडौं । चौथो बिम्स्टेक बैठकको पूर्वसन्ध्यामा संघीय राजधानी काठमाडौं बेहुली जस्तै सिङ्गार पटार गरिएको छ । भदौ १४ र १५ गते बिम्स्टेक बैठक भएपनि विभिन्न देशका भिआईपीहरु आउने क्रम सूरु भईसकेको छ ।
आज मात्रै म्यानमारका राष्ट्रपति काठमाडौं आईसकेका छन् । क्रमशः विभिन्न देशका भिआईपिहरुको स्वागतको निम्ति सरकार खुब लागेको छ । साँझ खाल्डा परेको सडक बिहान उठ्दा कालोपत्रे भएको देख्न पाईन्छ ।
जनताले यस्तो दृश्यहरुले देखेर होला सँधै यसरी नै काठमाठौं उपत्यका सफा र चिटिक्क पार्न सकेको भए सरकार धन्यवादको पात्र बन्नेमा कुनै दुईमत थिएन ।
तर सरकार र जनता दुबै पक्षको कम्जोरीको कारण राज्यको विकास र समृद्धिमा प्रभाव पर्छ भन्ने हाम्रो मान्यता हो । हाम्रा फोटो पत्रकार मुकुन्द कालिकोटेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थदेखि होटेल हायतसम्मका केही तस्विरहरु खिचेका छन् ?