काठमाडौं । इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेन र उनका छोरा उदय हुसेनले गरेका कुकर्मको बारेमा लुकेर रहेका थुप्रै रहस्यहरूका पर्दाहरु बिस्तारै खुल्दै गरेका छन ।इराकमा ३० वर्षलामो निरंकुश शासन चलाएका तानाशाह सद्दाम हुसेन र उनका छोरा उदय हुसेनको एेय्यासी जीवन र क्रूरताको बारेमा उदयका ‘बडी डबल’ वा डुप्लिकेट लतिफ याहियाले एक अन्तर्वार्तामार्फत् यस्तो खुलासा गरेका छन । लतिफले बताए अनुसार उदयले इराकी सेनामा लेफ्टिनेन्टको रुपमा कार्यरत लतिफलार्इ सन् १९८३ मा आफ्नो सुरक्षाको निम्ति डुप्लिकेटको रुपमा नियुक्त गरेका थिए । अहिले आएर उदयको मृत्युपछि उनले हुसेनका छोराको बारेमा रहेका थुप्रै गोप्यताहरु खोलि दिएका छन् ।
उनका अनुसार, उदयलार्इ आफूलार्इ मन परेपछि जोसुकै महिलालार्इ उठाएर ल्याउँथे । उदय एकपटक एउटा विवाहमा गएका थिए जहाँ उनलार्इ दुलही राम्रो लाग्यो र उक्त बेहुलीसँग सुहागरात मनाउने जिद्दी गरे र उठाएर होटेलमा लगी बलत्कार गरे । बेहुलीले आफूमाथिको अत्याचार सहन नसकी होटेलको छतबाट हामफालेर आत्महत्या गरिन् । तर तानाशाह सुपुत्र भएकै कारण सो बारे कसैले आवाज उठाएनन् ।उस्तै अनुहार भएको कारण कुनै पनि खतरा तर महत्वपूर्ण काममा उदयले लतिफलार्इ पठाउने गर्दथे । बेला बेलामा उदयले लतिफलार्इ ‘बडी डबल’ को रुपमा नियुक्त गरिसकेपछि उनलार्इ पीडा दिनुको साथै गोप्यता भंग गरेमा पुरै परिवारको नाम निसान नै मेटाईदिने धम्की दिने गरेका थिए ।उदयले सद्दाम लगायत उनका दुर्इ भाइ छोराहरू कुनै महत्वपूर्ण राजनीतिक सभा समारोहमा भाग लिन आफू नगर्इ आफ्ना डुप्लिकेटलार्इ पठाउने गर्दथे ।
लतिफका अनुसार जव इराकले कुबेतमाथि हमला गरेको थियो, त्यसबेला इराकी सेनालार्इ उदय हुुुसेन बनेर सम्बोधन लतिफले नै गरेका थिए । पछि सीआर्इएको सहयोगले उनी भाग्न सफल भएका थिए । उदय हुसेन विलासी पनि थिए । महंगो कार, हवाइजहाज, बन्दुक एवं गरगहनाका सौखिन थिए उदय । उनले कार र बन्दुक खुब संग्रह गरेका थिए ।
उनको रूचीको २०१ माइल प्रतिघण्टा अधिकतम गति भएको ट्वीन टर्बो भी(८ इंजिनयुक्त फरारी एफ ४० मोडलको कार सद्दामको शासन समाप्त भएपछि ग्यारेजमा अहिले धुलो खाइरहेको छ ।अमेरिकाले रासायनिक हतियार राखेको आरोपमा सन् २००३ मा इराकमाथि आक्रमण गर्दा जुलार्इ २२ मा उदय र उनका भाइ मारिएका थिए भने पिता सद्दाम हुसेन पक्राउ परे । सद्दामलार्इ सन् २००६ डिसेम्बर ३० मा फाँसी दिइएको थियो ।