Logo

छोराछोरीलाई मामा घर जानुभन्दै अछामकी पवित्राले किन गरिन आत्महत्या !



काठमाडौं । महिला हिंसाविरुद्ध नेपालमा विरोध प्रदर्शन भइरहेको बेला भारतमा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् । उनले आफ्ना तीन छोराछोरीको लागि अन्तिम अर्ति रेकर्ड गरेर आत्महत्या गरेकी हुन् ।

प्रदेश नम्बर ७ को अछाम जिल्ला मंगलसेन-७ की ४० वर्षीय पवित्रा ढुंगानाले आफूलाई श्रीमानले मर्न बाध्य पारे कै कारण आफूले आत्महत्या गर्नुपरेको कारण सहितको अडियो सार्वजनिक भएको छ ।

हाल कैलाली बस्दै आएकी पवित्राले आत्महत्या भने भारतमा गरेकी हुन् । तीन छोराछोरीकी आमा पवित्रा श्रीमानसँगै बस्दै आएकी थिइन् । छोराछोरी स्कूल गएको मौका छोपी उनले आत्महत्या गरेको अडियोबाट बुझ्न सकिन्छ । उनले रुँदै छोराछोरीलाई अन्तिम अर्ति दिएकी छन् ।

स्कूलबाट फर्केपछि मेरो लाश हेर्नु । घर भन्नु भन्दै जेठो छोरालाई भाईबहिनीलाई सामाल्नु भनेकी छन् । जेठो छोरा १३ वर्षको भएको अडियोमै भनेकी छन् । जेठो छोरालाई भाइ र बहिनीलाई नपिट्नु, ठूलो बनाउनु, भाई बहिनीलाई समाल्नु भनेकी छन् ।

“मलाई बस्न र खान नदिए कै कारण छोरा म मर्दछु, के गरु मलाई सारै भयो । भाई मामाकोमा गएको छ, राम्रोसँग हेर्नु । मलाई बाँच्न नदिएरै मर्दैछु । त्यसको (श्रीमान) पछाडी नजानु, मामाको घरमा जानु, राम्ररी बस्नु, साँझ आउनु मेरो लाश हेर्नु” पवित्राले अडियोमा भनेकी छन् । आफूले जन्माई दिएको र यो भन्दा बढी केही गर्न नसक्ने भन्दै काम गरेर खानु तर कसैको पनि चोरेर नखानु भनेकी छन् ।

“भाई मामाको खोली गएको छ । तँ १३ वर्षको भइहाली । भाइलाई नहान्नु, ठूलो बनाउनु । मलाई रात दिन बस्न(खान नदिएर मरेकी हुँ बाबु, मेरो बेइजत भयो । मैले जन्म दिए, भात-दाल पकाएर खुवाए, त्यति मात्रै हो बाबु । अरु धेरै मुले परेका आमा नभएका बच्चाहरु छन् । काम गरेर खानु, कसैको चोरेर नखानु ।

मैले कसैको एक रुपैयाँ खाएको छैन । तीन लाख मना अन्टीलाई दिएकी छु” पवित्राले रेकर्ड गरेको अडियोमा रुँदै भनेकी छन् । उनले आफूलाई श्रीमानले बस्न–खान र नभए कै आरोप लगाए कै कारण मरेकी हुँ । उनले करन जोशीले पनि नभएकै आरोप लगाएको बताएकी छन् । छोरी मनिसालाई हजुर आमाको घरमा बस्नु भनेकी छन् ।

पवित्राले श्रीमानले आफूलाई विभिन्न आरोप लगाएर आफ्नो बेइजत गरेको अडियोमा भनेकी छन् । आफू मरेको खबर माइजुलाई भन्नु भन्दै सम्झना आए फोटो हुर्न छोराछोरीलाई भनेकी छन् ।

उनले यो रेकर्ड खल्तीमा हालेको बताएकी छन् । “छोरा आफ्नो बाटो आफै समाल्नु । १० कठा जमिन छ, आफ्नो भाग लिनु । तिम्रो पढाई यति नै हो” पुष्पाले अन्तिममा भनेकी छन् ।

भारतको निगडीमा पवित्राले हिजो आत्महत्या गरेकी हुन् । उनी त्यहाँ श्रीमानसँगै मजदूरी गरेर छोराछोरीलाई पढाईरहेकी बताइएको छ । पवित्राको आत्महत्याको समाचार स्थानीय पत्रिकाले प्रकाशित समेत गरेका छन् । प्रहरीले पवित्रका श्रीमान् र अडियो भनिएका करनलाई पक्राउ गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्