Logo

‘नाई न भन्नु ल ५’ तिन दिनमा पाँच करोड पार



काठमाडौँ । नेपाली जगतमा अहिले सबैको रोजोईमा पर्न सफल रहेको छ फिल्म ‘नाई न भन्नु ल ५’ । ‘नाई नभन्नु ल ५’को सुरुवाती व्यापार हेर्दा यस चलचित्रले २०७५ को रेकर्ड तोड्ला जस्तो छ । भदौ ८ गते शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मले करोड क्रस गरिसकेको निर्माण पक्षको भनाइ रहेको छ । शुक्रबार औषत व्यापारमा चित्त वुझाएको यस फिल्मले शनिबार र आइतबार व्यापार राम्रो छ ।

चलचित्रले शुक्रबार ४५ लाखको मात्र ग्रस कलेक्शन गरेको थियो । तर, शनिबार भने चलचित्रले आक्रामक व्यापार गरेको थियो । शनिबार यो चलचित्रले १ करोड हारहारीको व्यापार गरेको निर्माणपक्षले बताएको छ । यस्तै, चलचित्रको व्यापार आइतबार ७० लाख भन्दा माथि छ । ३ दिनमा चलचित्रले २ करोड भन्दा माथिको व्यापार गरेको निर्माणपक्षले बताएको छ ।

चलचित्रका निर्माता तथा निर्देशक विकासराज आचार्यका अनुसार, यसको निर्माण लागत १ करोड ३५ लाख हो । ‘नाइ नभन्नु ल’को ब्राण्ड, कथावस्तु र कलाकारका कारण पनि चलचित्रले रेकर्ड तोड्ने देखिएको छ ।

चलचित्रमा स्वस्तिमा खड्का, अभिषेक नेपाल, प्रियंका कार्की, केकी अधिकारी, दिलिप रायमाझी, अनुभव रेग्मी, सेड्रिना शर्माको मुख्य अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot