Logo

श्रीलङ्काको उच्च सैन्य अधिकारीलाई पक्राउ आदेश



काठमाडौँ । श्रीलङ्काको एउटा अदालतले यहाँका एक उच्च सैन्य अधिकारलाई अपहरण र हत्याको मुद्दामा दोषी ठहर गर्दै पक्राउ गर्न आदेश दिएको छ ।सन् २००८ देखि २००९ को बीचमा श्रीलङ्काको गृह युद्धको उत्तरार्धतिर एक सैनिक अधिकारीले एघार जनालाई अपहरण गरी हत्या गरेको आरोप लागेको थियो ।

सो अभियोगमा मुद्दा चलाइएकोमा प्रमुख सैन्य अधिकारी रविन्द्र विजेगनारत्नेलाई पक्राउ गर्न आदेश र्दिएका हुन ।ती ११ जना व्यक्तिलाई अपहरण गरी मार्न लगाएको आरोपमा पक्राउ गर्न उनलाई आदेश दिइएको हो ।

श्रीलङ्कामा शसस्त्र विद्रोह गरिरहेका टामिल टाइगरका विरुद्धमा श्रीलङ्काको सेनाले सन् २००८ पछि अन्तिम युद्धको घोषणा गरी सशक्त कारबाही गरेको थियो ।

त्यसैक्रममा सन् २००९ मा ती अपहृत व्यक्तिहरु पनि मारिएको आशङ्का गरिएको छ । कोलम्बोस्थित एक न्यायाधीश लङ्का जयरत्नेले सैन्य उच्च अधिकारीलाई पक्राउ आदेश दिएका छन । एजेिि



प्रतिक्रिया दिनुहोस्