Logo

विद्यालयलाई सहयोग



म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ गाडपारका एक परिवारले आफ्ना स्व। आमाको स्मृतिमा स्थानीय एक विद्यालयलाई करिव रु आठ लाख सहयोग गरेकोे छ ।

गाडपार घर भई हाल बेलायत बस्ने तेजबहादुर र उनकी श्रीमती मनकुमारी शेर्पुजापुनले स्व आमा बोनिसाको स्मृतिमा नारच्याङ आधारभूत विद्यालयमा ६–८ तहको पठनपाठन सहयोग पु¥याउन रु सात लाख ८० हजार प्रदान गरेको प्रधानाध्यापक सुकबहादुर पुर्जाले बताएका छन।

उनका अनुसार शेर्पुजा दम्पतीले एक निजी शिक्षकको तलब बराबर मासिक रु १२ हजारका दरले सो रकम उपलब्ध गराएका हुन । दाता शेर्पुजा दम्पतीको सम्मानमा विद्यालयमा शिलालेख राखिएको छ ।

कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा ५० विद्यार्थी अध्ययनरत छन् । बाह्र शिक्षकमध्ये दरबन्दीका चार र अन्य निजी स्रोतका हुन् । विद्यालयमा दुई बालशिक्षा सहयोगी कार्यकर्ता पनि रहेका शिक्षक ओमबहादुर बुढाथोकीले जानकारी गराए। रासस



प्रतिक्रिया दिनुहोस्