काठमाडौँ । तमु समाज, बेल्जियमले नेपालमा अध्यनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले ‘बार्बक्यु’ कार्यक्रम आयोजना गरेको छ ।
आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नसकेका विद्यार्थीलाई पढाइ खर्च उपलब्ध गराउने उद्देश्यले बेल्जियमको ल्युभेनमा शनिबार सो कार्यक्रमम आयोजना गरिएको समाजका महासचिव सूर्यबहादुर गुरुङले जानकारी दिएका छन।
ब्रसेल्सस्थित नेपाली दूतावासका प्रतिनिधि सुधिर भट्टराईले सबै नेपालीलाई दूतावासबाट पाउने सेवा तथा सुबिधाबाट बञ्चित नगरिने प्रतिबद्धता व्यक्त गरे । रासस