Logo

आर.के.स्टूडियोको मुल्य ५ सय करोड



काठमाडौं । भारतको मुम्बई स्थित राजकपूर द्वारा स्थापित चर्चित आर.के.स्टूडियोलाई बेच्ने तयारी भइरहेको छ । यो कुराले फ्यानदेखि बलिउड कलाकारहरु पनि भावुक भएका छन् किनकी, यो स्टूडियोसँग उनीहरुको गहिरो याद जोडिएको छ ।

केही दिनयता फिल्मी गल्लीमा हरेक तर्फ आर.के.स्टूडियोको चर्चा भइरहेको छ । हरेक कोही यस बारेमा जान्नका लागि इच्छुक छन् । मानिसहरु यसको मुल्यको पनि चर्चा गरिरहेका छन् ।

दुई एकडको यो प्लट ५ सय करोडमा बिक्री हुनसक्ने भारतीय मिडियाले बताएका छन् । यो रकम कपूर परिवारका सदस्यमा बराबर बाँडिने खबर छ । केही दिन अगाडि ऋषि कपूरले आरके स्टूडियो बेच्ने फैसलाको घोषणा गरेका थिए ।

ऋषिले भनेका छन्, अब यसको मर्मत गर्नु आर्थिक रुपबाट व्यावहारिक छैन । यसैले कपूर परिवारले यसलाई बेच्ने फैसला लिएको छ । आरके स्टूडियोको स्थापना १९४८ मा भएको थियो ।

यो स्टूडियोमा कयौं लिजेन्ड फिल्म निर्माण भइसकेका छन् । आग, बरसात, आवाराु, जिस देश में गंगा बहती है, श्री ४२०, मेरा नाम जोकरु जस्ता फिल्मको छायांकन यही स्टूडियोमा भएको हो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्