गजल
आवरण पुस्तिकाको गाता बनावटी ।
त्यस्तै त्यस भित्रका खाता बनावटी ।
एउटै कोखको दाजुले बहिनी बेच्यो ।
हेर्नु हवस् त रगतको नाता बनावटी ।
संरक्षकबाटै देशको ईज्जत् लुटिदैछ ।
देशभत्तिको त्यो छातिपाता बनावटी ।
प्रेमीकासंग बिवाह इन्कार्यो प्रेमिले ।
दुःख सुखमा ओढेको छाता बनावटी ।
सायदै कारण यहि होला वृद्धाश्रमको ।
भ्रम पाल्छ वृद्धवस्थाको माता बनावटी
देबकी लामिघाते
सिन्धुपाल्चोक