काठमाडौँ । संसारमा चोरीका घटनाहरु दिन प्रतिदिन बढिरहेका छन भने प्रहरीले पनि नयाँ- नयाँ प्रविधीको प्रयोगबाट चोरहरु पक्रिएको घटनाहरु धेरै नै छन । तर प्रहरीलाई नै ‘जोरका झट्का’लाग्ने एउटा चोरीले पाराग्वेको प्रहरीको निन्द्रा,भोक सबैै हराईदियो । जब चोरहरूले पाराग्वेमा प्रहरीको कोतबाट ४२ वटा शक्तिशाली बन्दुकहरू चोरेको पत्ता लाग्छ ।
त्यतिमात्र कहाँ हो र प्रहरीले अधिकारीहरूले निरीक्षणका क्रममा ती एफएन एफएएल ब्याटल राइफलहरूको ठाउँमा काठ र प्लास्टिकका नक्कली बन्दुक भेट्दा प्रहरीको सातो नै गएको बताईएको छ । चारीएका प्रत्येककोे बजार मूल्य १० हजार डलरसम्म पर्नजाने ती राइफलहरू चोर बजारमा देखा पर्न थालेपछि प्रहरीको आखाँ खलेर अनुसन्धान थालिएको थियो
कोतमा भण्डार गरेर राखिएका भए पनि ती हतियारहरू प्रयोगयोग्य थिए। चोरिएका केही राइफलहरू तस्करी गरेर छिमेकी देश अर्जेन्टिना र ब्राजिल लगिएको हुनसक्ने पनि प्रहरीको अनुमान रहेको बताइन्छ। लामो समयदेखि ब्राजिलले आफ्नो देशमा बरामद गरिएका धेरै अवैध हतियारहरू पाराग्वेबाट तस्करी गरी ल्याइएको बताउने गरेको थियो। पाराग्वेका सञ्चारमाध्यमले नक्कली बन्दुकको तस्बिर प्रकाशित गर्दै सो देशको प्रहरीको इतिहासमा अति लाजमर्दो काण्ड भएको जनाएको छ।
अत्याधुनिक नयाँ ढाँचाका हतियार ल्याउने भएपछि पुराना राइफललाई राजधानी क्यापिटाटास्थित कोतमा थन्क्याइएको थियो। कालोबजारमा ती हतियार देखिन थालेपछि सेनाले अनुसन्धान गर्न आदेश दिएको थियो। अनुसन्धान प्रहरीको अस्त्रभण्डारमा केन्द्रित भयो र निरीक्षणका क्रममा नक्कली बन्दुकहरू भेटिए। प्रहरीको कोतको प्रमुख फेरिएका छन्। तर अहिलेसम्म कोही पनि पक्राउ नपरेको जानकारी प्राप्त भएको छ।एजेन्सि