Logo

सर्पको टोकाईबाट झापाकी १४ वर्षीया पूजाको मृत्यु



झापा । कचनकवल गाउँपालिका-२ मा सर्पदंशबाट बिहीबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल–२ का तीलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

घरमा सुतिरहेका अवस्थामा बालिकालाई गोमन सर्पले डसेपछि उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।पूजा सोही स्थानको पथरिया मावि कक्षा-८ मा अध्ययरत विद्यार्थी हुन् । बालिकाको मृत्यु भएपछि गाउँलले हिजै घर छेउको जङ्गलमा रहेको उक्त सर्पलाई मारेका थिए ।



प्रतिक्रिया दिनुहोस्