Logo

मन्त्रीद्धारा विद्यालयलाई कम्प्युटर



लहान । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका बनिनियाँ, बेल्हा, थल्हा, राजपुर, बंठिया र कोरनियाहीस्थित विद्यालयलाई २÷२ थान कम्प्युटर आज वितरण गरेका छन ।

मधेशको शिक्षामा सुधार र आधुनिक युगमा सूचना प्रविधिमा सबैको पहुँचका निमित्त आफू निर्वाचित भएको क्षेत्रमा संसदीय विकास कोषको रकमबाट सामुदायिक विद्यालयलाई राज्यमन्त्री मण्डलले कम्प्युटर वितरण गरेका हुन। सो अवसरमा मन्त्री मण्डलले विद्यालयमा वृक्षरोपण समेत गरेका थिए ।

सिरहाको कल्याणपुर, डरौल, भेरीया र वर्छवास्थित विद्यालयमा पनि कम्प्युटर वितरण गर्ने योजना रहेको उनले जानकारी गराए । रासस



प्रतिक्रिया दिनुहोस्