Logo

गायिका त्रिपाठीको ‘डिमाण्ड’ बढ्दो, दुवईपछि जापान जादै !



काठमाडौं । नेपाली हिन्दु नारीहरुको महानपर्व हरितालिका तीज नजिकिदैछ । भदौरे झरीसँगै हिन्दु नेपालनारीहरु तीज विषेशका विभिन्न कार्यक्रमहरुमा सहभागि भईरहेकी छन् । दर खाने, रमाईलो गर्ने, नाचगान गर्ने, बर्षौपछि भेटिएका साथीसंगीहरुसँग भलाकुसारी गर्ने जस्ता दृश्यहरु देख्न पाईन्छन् ।

कलाकारहरुले दुईमहिना पहिलेदेखिनै तीजका भाकाहरु बजारमा पठाउँदै आईरहेका छन् । अझै पनि तीजका भाकाहरु बजारमा आउने क्रम जारि छन् । केही कलाकाहरु देश तथा विदेशमा विभिन्न तीज विषेश कार्यक्रममा व्यस्त हुन थालिसकेका छन् । यसै क्रममा सञ्चारकर्मी एवम् गायिका शोभा त्रिपाठीको व्यस्तता पनि ह्वात्तै बढेको भन्न सकिन्छ ।

केही दिन पहिले युएईको आवुधावीमा रहेको हातेमालो समूह, जय चन्द्रसुर्य युवा ग्रुप र नेपाली चुलो रेष्टुरेन्टले आयोजना गरेको कार्यक्रममा भाग लिएकी त्रिपाठी देशका विभिन्न भागमा आयोजना गरेका कार्यक्रममा पनि सहभागि भईरहेकी छन् ।

यहि भदौ २२ देखि २७ गतेसम्म गायिका त्रिपाठी जापानमा हुने छिन् । स्याङजा समाज जापान क्युशु र प्रवासी कलाकार संघ जापान फुकुओको आयोजनामा हुने तीज विषेश कार्यक्रमा जापान जान लागेकी हुन ।

स्याङजा समाज जापानले अपाङ्गता भएका र असहाय व्यक्तिहरुको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम भदौ २७ गते जापानको राजधानी टोकियोमा हुनेछ ।

त्रिपाठीका तीजगीत

सञ्चार जगतमा रहेर नेपाली कला क्षेत्रको बिकास, विस्तार र संरक्षणमा निरन्तर लागि पर्ने कमै व्यक्ति भेटिन्छन् । यस्तै कम व्यक्तिको सूचिमा पर्छिन् धादिङ्ककी सञ्चारकर्मी शोभा त्रिपाठी ।

वर्तमान समयमा जनता टेलिभिजनमा कार्यरत त्रिपाठी एउटा सञ्चारकर्मी मात्रै नभएर लोकप्रिय स्टेज कार्यक्रम प्रस्तोता पनि हुन । पछिल्लो समयमा त उनले आफ्ना गीतहरुमा आफै अभिनय गर्न थालेकी छन् । दर्जनौं गीतमा आवाज दिईसकेकी त्रिपाठी विगत १० बर्षदेखि यस क्षेत्रमा सक्रिय छन् ।

उनका तीजका मात्रै नभएर आधुनिक, लोकपप, दोहोरी गीत समेत बजारमा राजगर्न सफल छन् । यो वर्ष उनले २ वटा तिज गीत बजारमा ल्याएकी छन् ।

जस मध्य खुमन अधिकारीको शब्द संगीतमा तयार पारिएको ‘तिमी चाहिन्छ’ बोलको तीजगीत र एकनाराणय भण्डारीको शब्द संगीतमा ‘महादेव’ बोलको गीतपनि बजारमा छ । रामजी खाँड र त्रिपाठीको स्वरमा सज्जिएको उक्त गीतमा खाँड र त्रिपाठी कै अभिनय देख्न सकिन्छ । ‘महादेव’ त्रिपाठीको चौधौं तीजगीत हो ।

पाँच वर्षपछि त्रिपाठी बाग्लुङ जाँदै

कलाकारिता क्षेत्रमा सोच जस्तै सायदै कलाकारहरुले स्टेजहरु पाउने गर्छन भन्दा अन्यथा हुँदैन । सचाकर्म र कलाकारकर्मलाई एकसाथ अघि हाक्नु चानचुने कुरा हुँदै होईन । बाहिर देख्नेहरुले त्यस कर्मलाई सहज भन्नलान र देख्लान क्यानभाषमा त्यो सहि होईन । सञ्चारकर्मी र कलाकार समाजका विषेश पंत्ति भएपनि केही भिन्नता छन् ।

गायिका त्रिपाठीले आजभन्दा पाँच वर्ष पहिलेको कुरालाई स्मरण गर्दै फेशबुकमा लेखेकी छन्, ‘छपक्कै’ तिजगित निकालेको बर्ष लगातार ५ दिन एक्लै सहीखोला बजारमा तीज कार्यक्रममा गीत गाएकी थिए, ५ बर्ष पुगेछ, फेरी कृष्ण जन्माष्टमीको दिन १७ गते आईतवार बाग्लुङ बुर्तीबाङ आउदैछु । यो पटक भने हामी ६ जना आउदैछौ ।’ स्वदेश तथा विदेशमा शोधा त्रिपाठीको डिमाण्ड कायम छ । घटेको छैन् ।



प्रतिक्रिया दिनुहोस्