Logo

राहुल गान्धी काठमाडौं आइपुगे, होटल र्‍याडिसनमा बस्‍ने



काठमाडौं, १५ भदौ। भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार दिउँसो काठमाडौं आइपुगेका छन्। गान्धी दिउँसो नयाँ दिल्लीबाट काठमाडौं ओर्लिएका हुन्।

उनी लाजिम्पाटस्थित होटल र्‍याडिसनमा एक दिन बस्‍नेछन् । उनी नेपालबाट तिब्बत हुँदै शनिबार मानसरोबरको यात्रामा निस्कनेछन्। उनको यात्रा १२ दिनको हुने सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।



प्रतिक्रिया दिनुहोस्