Logo

एक पटक आयौ भने,मेरो कर्णालीमाः गोविन्द विरही



काठमाडौं ।

गजल

कर्णालीका चिजहरु मध्ये, केही खास हेरौली ।
हराभरा जङ्गल अनि, झुपडीको बास हेरौली ।।

एक पटक आयौ भने, दुर्गम मेरो कर्णालीमा ।
हेरौली डाफेमुनाल कोईली हेरौली हास हेरौली ।।

हामीलाई नहेरौली नरहरिनाथ पचाल झरना ।
त्यस्तै राष्टि«य फूल हाम्रो लालीगुरास हेरौली ।

बल्ल बुझ्नेछौ जिउदाको जन्ति मर्दाको मलामी ।
जब मसानघाट तिर बोकेर लगेको लास हेरौली ।।



प्रतिक्रिया दिनुहोस्